गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ३८० पुग्याे

 असार ५, २०७७ शुक्रबार १३:२४:३७ | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेशको पर्वतमा पाँच जना स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८० पुगेको छ । 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकाअनुसार पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हाे । पर्वत जिल्ला अस्पतालमा कार्यरत तीन महिला र दुई पुरुष स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी बाग्लुङमा १० जना र तनहुँमा १७ जना काेरोना सङ्क्रमण पुष्टि भएको शर्माले बताउनुभयो । बाग्लुङ नगरपालिकाका २५, २८, ५३, २३, १८ वर्षीय पुरुष  ढोरपाटन नगरपालिकाका १६, ११, १५, २० वर्षीय पुरुष र ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

साथै तनहुँको घिरिङ गाउँपालिकाका ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५० र २५ वर्षीय पुरुष साथै २७, २४ र २९ वर्षीया महिलामा कोरोना पोजेटिभ पुष्टि भएको शर्माले बताउनुभयो । 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार बिहान मात्र गण्डकी प्रदेशमा २४ जना नयाँ सङ्क्रमित पुष्टि भएको विज्ञप्ति प्रकाशित गरेकाे थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया