सल्यानमा २६ सहित कर्णालीमा थप ४६ जनामा कोरोना सङ्क्रमण

 असार ६, २०७७ शनिबार १६:१४:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार सल्यानका २६ र दैलेखका २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १९, जाजरकाेटका एक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका २६ जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ४५ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया