म्याग्दीका दुई जना कोरोना जितेर घर फर्किए

 असार ६, २०७७ शनिबार २०:४०:४६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी ‍– म्याग्दीमा दुई जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतबाट फर्किएर बेनीको क्वरेण्टीनमा रहेकाे बेला कोरोना सङ्क्रमणको पुष्टि भएका दुई जना शनिबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका ३० वर्षीय पुरुष र बराङ्जाका १९ वर्षीय युवक रहेका छन् । उनीहरु गएको जेठ ९ गते भारतबाट म्याग्दी आएर करेण्टीनमा बसेका हुन् ।

गएको जेठ १४ गते गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया