रामेछाप : १३ जना कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज

 असार ७, २०७७ आइतबार २०:४९:५९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा १३ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । रामेछापको गोकुलगङ्गा गाउँपालिकाका ११ जना र लिखु गाउँपालिकाका दुई जना गरी १३ जना काेराेनामुक्त भएका हुन् । 

उनीहरु सबैमा भारतबाट फर्किएर करेण्टीनमा बसेकाे बेला कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभको नजिता आएसँगै उनीहरुलाई जिल्ला अस्पताल रामेछापको आइसोलेशन कक्षमा राखेर उपचार गरिएको थियो । 

अस्पतालका सम्पर्क व्यक्ति डाक्टर आनन्द आचार्यले अहिले नौ जना कोरोना सङ्क्रमितलाई आइसोलेशन कक्षमा राखेर उपचार भइरहेकाे जानकारी दिनुभएको छ । उहाँले गम्भीर अवस्थामा रहेका एक जना कोरोना सङ्क्रमितलाई पाटन अस्पताल ललितपुरमा रेफर गरिएको जानकारी दिनु भएको छ ।

रामेछापमा आइतबारसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या २३ पुगेको छ । 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया