पहिरो खसेसँगै तम्घास– रिडी सडक अवरुद्ध

 असार ८, २०७७ सोमबार १२:२६:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी​-अविरल वर्षाका कारण पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । 

तम्घास–रिडी सडक खण्ड अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकको सडक माथिवाट पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक अवरुद्ध​ बनेको हो । 

सडक अवरुद्ध​ बनेपछि एम्बुलेन्स लगायतका दुई दर्जनभन्दा बढी गाडी  बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडकको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

गुल्मीमा गएको सातादेखिको लगातार वर्षाका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामिण सडकहरु समेत अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया