प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
गुल्मी – पहिरो खसेपछि बन्द रहेको गुल्मीको रिडी–तम्घास सडक खुलेको छ । रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकै पहिरो खसेपछि बिहानदेखि बन्द रहेको सडक अहिले खुलेको हो ।
बाटो खुलेपछि बिहानदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार रावलले जानकारी दिनुभयो ।
तर गुल्मीकै रिडी, रुद्रवेणी, वामिटक्सार सडक पहिरोका कारण बन्द भएको छ । यो सडकखण्डको ६ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । सडक बन्द हुँदा बाग्लुङको बुर्तिबाङ जाने गाडी रोकिएका छन् ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।