कर्णालीमा साेमबार २६ जना सङ्क्रमित थपिए, २० जना निको भएर घर फर्किए

 असार ८, २०७७ सोमबार २१:२३:५४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा साेमबार २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।   

सोमबार थप २६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८२ पुगेको छ । 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका चार, दैलेखका तीन र हुुम्लाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखाले जानकारी दिएको छ । 

यस्तै सोमबार कोरोना सङ्क्रमणमुक्त भएर २० जना घर गएका छन् । चौरजहारी अस्पताल रुकुम पश्चिममा उपचार गराइरहेका नौ जना, सालकोट आइसोेलेशन सेन्टर सुर्खेतबाट ६ जना र मेहेलकुना अस्पताल सुर्खेतबाट पाँच जनालाई डिस्चार्ज गरिएको हो ।

 कर्णालीमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या पाँच सय ५१ पुगेको छ ।  


 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया