तमोर नदीमा दुई बालक बेपत्ता

 असार ९, २०७७ मंगलबार १३:२७:१३ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल फाेटाे

पाँचथर – तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा रहेकाे तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् ।

तेह्रथुमकाे आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदीमा डुबेर बेपत्ता भएका हुन् ।

आँप खान तमोर नदीकाे किनारमा गएका उनीहरु बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शेषकराम थन्दारले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया