पर्वतमा १ स्वास्थ्यकर्मीसहित थप २२ जनामा काेराेना सङ्क्रमण

 असार ९, २०७७ मंगलबार २०:२६:५ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतमा मङ्गलबार एकैदिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पर्वत अस्पतालले दिएको जानकारी अनुसार एक जना स्वास्थ्यकर्मी, चार जना सर्वसाधारण र भारतबाट जिल्ला भित्रिएका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

चार जना सर्वसाधारणहरुमा कुश्मा नगरपालिका ३ की ३१ र १७ वर्षीया महिला तथा ९ वर्षका बालक र कुश्मा नगरपालिका ८ का २८ वर्षीय युवक रहेका छन् । साथै पर्वत अस्पतालकी २८ वर्षीया स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पुष्टि भएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । चार जना नयाँ सङ्क्रमित व्यक्तिहरु यसअघि मणिपाल अस्पतालमा उपचारको क्रममा रहेका व्यक्तिका आफन्त र साथी हुन् । 

आज काेराेना पुष्टि भएका २२ सँगै पर्वतमा सङ्क्रमतिको सङ्ख्या ६८ पुगेको छ । जसमध्ये नाै जना स्वास्थ्यकर्मी रहेका छन् । सङ्क्रमितमध्ये आठ जना उपचारपछि निको भएर घर फर्केको जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया