स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि कर्णाली अस्पतालमा सिल

 असार १०, २०७७ बुधबार १०:५१:२३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा काममा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । 

फरक फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा। मंगल रावलले जानकारी दिनुभयो ।

हिजो राति नतिजा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

ती कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक हप्तादेखि १४ दिन निरन्तर काम गरिरहेका कर्मचारीहरुमा पोजेटिभ देखिएपछि अहिले अस्पताल क्षेत्रमा त्रास छाएको छ । 

यस्तै एकजना बुटवलका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।  

समुदायबाट नै सङ्क्रमण आएको हुन सक्ने निर्देशक डा। रावलको भनाइ छ  । फरक फरक विभागका कर्मचारीमा कसरी सङ्क्रमण देखियो भन्नेबारे अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । अस्पतालमै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएपछि आज प्रतिष्ठानका काममा खटिएका सवैको स्वाब परीक्षणको तयारी गरिएको अस्पतालले जनाएको छ । 

यसअघि जुम्लाका कोरोना सङ्क्रमितमध्ये २५ जना निको भएर घर फिर्ता भइसकेका र ती जना अहिले पनि आईसोलेसनमा रहेका प्रतिष्ठानले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया