पोखरा महानगरपालिकाको बजेट ६ अर्ब १९ करोड

 असार १०, २०७७ बुधबार २०:३०:३९ | सुमन गुरुङ
unn.prixa.net

कास्की  – पोखरा महानगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७७/७८ काे लागि कुल ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट बुधबार सार्वजनिक गरेको छ ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङद्वारा प्रस्तुत बजेटमा चालु खर्चतर्फ तीन अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्फ दुई अर्ब ९८ करोड ८८ लाख रुपैयाँ रहेको छ । 

बजेटमध्ये प्रशासनिक खर्चमा एक अर्ब ५८ करोड चार लाख र कार्यक्रम खर्चतर्फ चार अर्ब ६१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत खर्च हुने भएको हो ।

यस्तै प्रशासनिक तथा सञ्चालनतर्फ २६ प्रतिशत र कार्यक्रमतर्फ ७४ प्रतिशत हुने गुरुङले बताउनुभयो । आन्तरिक आम्दानीतर्फ दुई अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय सरकारबाट दुई अर्ब ५२ करोड ६० र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी कुल दुई अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

जसमा अन्तर सरकारी अख्तियारीबाट ८५ करोड प्राप्त हुने महानगरपालिकाले अनुमान गरेको छ । राजस्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट चार करोड ३७ लाख गरी जम्मा ३५ करोड एक लाख प्राप्त हुने महानगरले बजेटमार्फत जानकारी दिएको छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया