रोल्पाको थबाङ र लुङ्ग्री गाउँपालिकाले बजेट ल्याउन सकेनन्

 असार ११, २०७७ बिहिबार ७:५६:५ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – रोल्पाका दुई पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेका छैनन् ​।

थबाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले आन्तरिक विवादका कारण तयारी पूरा नभएको भन्दै बजेट ल्याउन नसकेका हुन् । केही विषयगत शाखा र समुदायबाट आएका योजना तर्जुमाका विषयमा टुङ्गो नलागेकाले बजेट ल्याउन ढिलाई भएको थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले बताउनुभयो ।

यस्तै गत वर्ष पनि आन्तरिक विवादका कारण गाउँ सभा गर्न नसकेको लुङ्ग्री गाउँपालिकाले यस वर्ष पनि वडास्तरबाट आएका योजनाका विषयमा अझै विवाद देखिनुका साथै तयारी समेत नपुगेकाले गाउँ सभा हुन नसकेको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो ।

रोल्पाका एक नगरपालिका र ७ वटा गाउँपालिकाले भने हिजो बजेट प्रस्तुत गरेका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया