काेराेना सङ्क्रमितकाे शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले टायर बालेर विराेध गरे

 असार ११, २०७७ बिहिबार १५:९:३८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा कोरोना सङ्क्रमणकाे कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न स्थानीयले रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु एक पुरुषको शव पोखरा महानगरपालिका ३२ मा रहेको सेती नदी किनारमा गाड्ने निर्णय भएको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर प्रदर्शन गर्दै अवरोध गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले बताउनुभयो ।

झडपमा केही स्थानीय घाइते भएका छन् । विरोध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विरोधकै बीच नेपाली सेनाको शव व्यवस्थापन टोलीले सेती नदी किनारमा शव व्यावस्थापन गरेको छ ।  

फाेटाे : सन्दीप पाैडेल

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया