कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
पाल्पा – वर्षाको कारण बाटो अवरुद्ध भएपछि पाल्पाका विभिन्न ठाउँका कृषकहरुले डोजर प्रयोग गरेर दूधको ओसारपसार गरेका छन् । केही दिनदेखि निरन्तर परेको पानीले पहिरो गएपछि ग्रामीण भेगका बाटो बन्द भएका छन् ।
अप्ठ्यारा र गाडी नचल्ने ठाउँमा डोजर प्रयोग गरेर सदरमुकामसम्म दूध पुर्याउने गरिएको तानसेन १२ लुहुङ्गका कृषक सन्जय पौडेलले जानकारी दिनुभयो । अवरुद्ध भएका बाटो खुलाउँदा धेरै पैसा खर्च हुने र फेरि पानीले पहिरो जाने सम्भाबना भएको भन्दै डोजरबाटै दूध ओसार्न थालिएको कृषकहरुको भनाइ छ ।
जिल्लाका विभिन्न ठाउँका कृषकहरुले जोडर प्रयोग गरेर दूध ओसारपसार गर्नुपरेको जनाएका छन् ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।