दाङमा एकैदिन ७५ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४५५ पुग्याे

 असार १२, २०७७ शुक्रबार १४:४७:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा शुक्रबार एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार सय ५५ पुगेको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

आज दाङमा कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् । यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा काेराेना पुष्टि भएकाे हाे । र एक जना मृत्यु भएकोमा कोरोना पोजिटिभ गरी शुक्रबार ७५ जनामा कोराना सङ्क्रमण पुष्टि भएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया