शुक्रबार थप ५ सय ९३ सङ्क्रमित, एककाे ज्यान गयो

 असार १२, २०७७ शुक्रबार १६:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा शुक्रबार पाँच सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा एक सय सात जना महिला र चार सय ८६ पुरुषमा सङ्क्रमण देखिएको हो । अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये एक हजार दुई सय ४९ महिला र १० हजार पाँच सय ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार आजसम्म नेपालमा ११ हजार सात सय ५५ जनामा सङ्क्रमण देखिएको हो । रसुवाबाहेक ७६ जिल्लामा कोरोना सङ्क्रमण देखिँदा अहिलेसम्म दुई हजार ६ सय ९८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा आठ जना महिला र ४० जना पुरुष गरी ४८ जना डिस्चार्ज भएका हुन् ।


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया