च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भएर एकैदिन दुई सय १४ जना घर फर्किएका छन् ।
समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले शनिबार प्रदेशका विभिन्न जिल्लाका दुई सय १४ जनालाई डिस्चार्ज गरिएको जनाएको छ ।
दैलेखको नौमुले आइसोलेशन सेन्टरबाट एक सय ३२ जना, ढुङ्गेश्वर आइसोलेशन सेन्टरबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, ठाँटीकाँध आइसोलेशन सेन्टरबाट एक जना, सालकोट आइसोलेशन सेन्टर सुर्खेतबाट आठ जना, रुकुम पश्चिम अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको हो । योसँगै कर्णाली प्रदेशका कोरोनामुक्त हुनेको सङ्ख्या नौ सय ३४ पुगेको छ ।
शनिबार थप सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १५ महिने बालकसहित सात जनामा कोरोना सङ्क्रमण देखिएको हो । सातै जना पञ्चपुरी नगरपालिकाका रहेका छन् ।
कर्णालीमा कोरोना सङ्क्रमितकोे सङ्ख्या एक हजार चार सय ४० पुगेको छ ।