एचआइभी सङ्क्रमितलाई नगरपालिकाद्वारा खाद्यान्न वितरण

 असार १५, २०७७ सोमबार ९:२३:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको शिखर नगरपालिकामा रहेका ८४ जना एचआईभी सङ्क्रमितलाई नगरपालिकाले खाद्यान्न वितरण गरेको छ ।

कोरोना भाइरसका कारण काम गर्न नपाएर दैनिक छाक टार्न मुश्किल परेका एचआईभी सङ्क्रमितलाई खाद्यान्न वितरण गरिएको हो ।

लकडाउन र त्यसको प्रभावले जीविकोपार्जन गर्न तथा दैनिक छाक टार्न समस्या भएको जानकारी आएपछि सङ्क्रमितलाई खाद्यान्न वितरण गरिएको नगर प्रमुख सिताराम जोशीले बताउनुभयो । 

उहाँका अनुसार सङक्रमितहरुलाई प्रति व्यक्ति २० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, २ किलो चिनी र १ लिटर तेल वितरण गरिएको हो ।

लकडाउनपछि नगरपालिकाले नगरका विपन्न परिवारलाई यसअघि पनि खाद्यान्न वितरण गरेको थियो ।  नगरपालिकामा कम्तिमा पनि एकसयको हाराहारीमा एचआइभी सङ्क्रमित रहेको तथ्याँक छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया