दाङमा एकैदिन ५८ सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या ५६८ पुग्यो

 असार १५, २०७७ सोमबार १४:५७:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा सोमबार एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना सङ्क्रमित​ भेटिएसँगै दाङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या पाँच सय ६८ पुगेको छ ।

सोमबार भेटिएका सङ्क्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका दुई/दुई जना गरी चार जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् । सङ्क्रमितमध्ये २२ जना महिला र ३६ पुरुष हुन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया