ट्रक दुर्घटनामा चालकको ज्यान गयो, स्थानीयको घरमा क्षति

 असार १६, २०७७ मंगलबार १०:५३:१२ | सन्ताेष रुचाल

धनकुटा – कोशी राजमार्ग अन्तर्गत धरान – धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक गएराति अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

ट्रकका सहचालक तथा ट्रक धनी मानबहादुर कार्की भने सामान्य घाइते हुनुभएको छ । 

अनियन्त्रित भएर ट्रक पल्टिँदा सडक छेउमा रहेको स्थानीय अर्पणा लिम्बूको घरमा पनि क्षति पुगेको छ । उहाँकी १२ वर्षीया छोरी अजुनु सामान्य घाइते भएकी छिन् । घरमा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट झण्डै ५० मीटर तल खसेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया