नहरमा सशस्त्र प्रहरी जवानकाे शव भेटियो

 असार १६, २०७७ मंगलबार २०:३०:४५ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सिरहामा सशस्त्र प्रहरी जवानको शव नहरमा डुबेको अवस्थामा भेटिएकाे छ । 

सिरहा नगरपालिका १४ मा रहेको नहरमा डुबेको अवस्थामा सशस्त्र प्रहरी पोस्ट माडरमा कार्यरत महोत्तरी सोनवा गाउँपालिका ३ का २३ वर्षीय सशस्त्र प्रहरी जवान मनोजकुमार यादवको मङ्गलबार अपराह्न शव फेला परेको हो ।

उनी कसरी नहरमा डुबेको भन्ने अझै नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

यादवको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया