सुनको भाउमा फेरि नयाँ रेकर्ड

 असार १७, २०७७ बुधबार ११:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ । विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको भनाइ छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया