आईसीसीको कार्यवाहक अध्यक्षमा इमरान ख्वाजा नियुक्त

 असार १७, २०७७ बुधबार १९:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष शशांक मनोहरको कार्यकाल सकिएको छ । 

दोस्रो पटकको दुई वर्षे कार्यकाल सकिएपछि मनोहरले राजीनामा दिएको आईसीसीले जनाएको छ । मनोहरले चाहेको भए तेस्रो कार्यकालको लागि आवेदन दिन सक्ने थिए तर उनले राजीनामा नै दिएको आईसीसीले जनाएको छ । 

आईसीसीको बोर्ड बैठकले अहिले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अन्तरिम अध्यक्ष बनाएको छ । चुनावी प्रक्रियाबाट अर्को अध्यक्ष चयन नभएसम्मको लागि ख्वाजालाई कार्यवाहक अध्यक्ष बनाइएको आईसीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया