कर्णाली प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ हजार ४६८ पुग्याे

 असार १७, २०७७ बुधबार २१:२३:५२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा बुधबार २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । 

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार तीन जिल्लाका २५ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोेना सङ्क्रमितको कुल सङ्ख्या एक हजार चार सय ६८ पुगेको छ । 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका तीन महिने बालकसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

यस्तै सुर्खेतका सात र दैलेखका दुई जनामा कोरोेना सङ्क्रमण देखिएको महाशाखाले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक जनालाई कोरोना सङ्क्रमण देखिएको छ । 

यस्तै बुधबार ६ जना कोरोेना सङ्क्रमित निको भएर घर फर्किएका छन् । बुधबार निको भएका ६ जना सुर्खेतका हुन् । कर्णालीमा अहिलेसम्म कोरोनामुक्त भएर घर फर्किनेकाे सङ्ख्या एक हजार ७८ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया