प्रिमियर लिगमा चेल्सी र लेस्टरको हार

 असार १८, २०७७ बिहिबार ६:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सी वेष्टह्यामसँग पराजित भएको छ । हारसँगै उसले लिगको तेस्रो स्थानमा उक्लने सुनौलो मौका खेर फालेको छ । गएराति भएको खेलमा चेल्सी वेष्टह्यामसँग तीन–दुई गोलले पराजित भयो ।

लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । ३५ औं मिनेटमा वेष्टह्यामले गोल गरेको थियो । तर त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रिले गोलको मान्यता दिएनन् ।
खेलको ४२ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । उसका लागि विलियमले पेनाल्टीबाट गोल गरेका थिए । तर त्यो अग्रता धरैबेर टिक्न सकेन । खेलको पहिलो हाफको इन्जुरी समयमा वेष्टह्यामका सोसेकले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वेष्टह्यामले दुई गोल थप्दा चेल्सीले एक गोलमात्र गर्न सक्यो । ५१ औं मिनेटमा एन्टोनीयोले गोल गर्दै वेष्टह्यामले अन्तर दुई एकमा पुर्‍यायाे ।

तर ७२ औं मिनेटमा विलियमले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई दुईको अवस्थामा पुर्‍याएका थिए । तर ८९ औं मिनेटमा एन्टोनीयोको पासमा एन्ड्री यारमेलेङ्घले उत्कृष्ट गोल गरेपछि चेल्सीले हारको सामना गर्नुपर्यो । यो हारपछि चेल्सीले शिर्ष तीनमा उक्लने मौका गुमायो ।

त्यो भन्दा अगाडी लेस्टर सिटी एभर्टनसँग दुई एकले पराजित भएको थियो । तर त्यसका फाइदा चेल्सीले उठाउन सकेन । हारपछि तेस्रो स्थानको लेस्टरको ३२ खेलमा ५५ अंक रहेको छ भने चेल्सीको ५४ अंक छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया