चटयाङ लागेर खेत रोप्दै गरेका चार महिलाको ज्यान गयो

 असार १८, २०७७ बिहिबार ९:२३:३८ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा आज बिहान चट्याङ लागेर चारजना महिलाको ज्यान गएको छ । अरु सातजना महिला घाइते भएका छन् ।

बिहान करिब साढे सात बजे चट्याङ लागेर कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनुभयो । चट्याङ लागेर फेंटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवी र  ३० वर्षीया तेंडु देवीको ज्यान गएको उहाँले बताउनुभयो ।

चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

खेतमा रोपाइँ गर्ने क्रममा उनीहरुलाई चट्याङ लागेको हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया