ला लिगामा शीर्ष स्थानको मड्रिडलाई ४ अंकको अग्रता

 असार १९, २०७७ शुक्रबार ६:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ ।

मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ भने समान खेलबाट बार्सिलोनाको ७० अंक रहेको छ । बिहान भएको खेलमा मड्रिडले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो । मड्रिडको घरेलु मैदानमा जीत दिलाउन कप्तान सर्जियो रामोसले पेनाल्टी मार्फत गरेको गोल नै पर्याप्त बन्यो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

यस्तै ला लिगा अन्तर्गत अन्य खेलमा रियल सोसिडाडले स्पान्योल माथि २–१ गोलको जीत दर्ता गर्दा ओसासुनाले इबारमाथि २–० गोल अन्तरको जीत दर्ता गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया