अनुमति लिएका संस्थालाई मात्रै डिजिटल भुक्तानीमा सहभागी गराउन राष्ट्र बैंकको अनुरोध

 असार १९, २०७७ शुक्रबार १५:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले भुक्तानी कार्यको अनुमति लिएका संस्थासँग मात्रै डिजिटल भुक्तानीको सहकार्य गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ । 

राष्ट्र बैंकबाट अनुमति नै नलिएका संस्थासँग केही बैंकले डिजिटल भुक्तानीको सहकार्य गरेको भन्दै राष्ट्र बैंकले अनुमति नलिएका संस्थासँग सहकार्य नगर्न र त्यस्ता संस्थालाई डिजिटल पेमेन्ट पार्टनर नबनाउन आग्रह गरेको छ ।

अनुमित नै नलिएका संस्थालाई डिजिटल भुक्तानीमा सहभागी गराइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया