नेपालमा काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे सङ्ख्या ६ हजार १८३

 असार १९, २०७७ शुक्रबार १७:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अहिलेसम्म ६ हजार एक सय ८३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । 

पछिल्लो २४ घण्टामा थप आठ सय २३ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको भएर घर फर्कनेको सङ्ख्या  ६ हजार एक सय ८३ पुगेको हो । 

शुक्रबार पीसीआर विधिबाट चार हजार चार सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ वटा परीक्षण भएका छन् । त्यस्तै आजसम्म तीन लाख पाँच हजार ६ सय २९ जनाको आरडीटी परीक्षण भएको छ ।

अहिले देशभरिका क्वरेण्टीनमा ३५ हजार चार सय ७२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा नाै हजार ८४ जना उपचाररत रहेका छन् ।

यसैबीच सरकारले क्यान्सर, डाइबेटिज (मधुमेह) का बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका बिरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताउनुभयो ।

सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया