श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग गर्दै महासङ्घले आन्दोलन थाल्याे

 असार १९, २०७७ शुक्रबार १७:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको लागि नेपाल पत्रकार महासङ्घले आजदेखि आन्दोलन थालेको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत अहिले महासङ्घले काठमाण्डौको बबरमहलमा प्रदर्शन गरिरहेको छ । कोरोना भाइरसको महामारीकाे बेला विभिन्न सञ्चार गृहले पत्रकारलाई तलब नदिएको, काम गर्ने वातावरण नदिएको र कामबाट हटाएको भन्दै महासङ्घले आन्दोलन थालेको हो ।

पेसागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउँदै उहाँले कुनै पनि ढङ्गले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताउनुभयो । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया