पहिरोका घाइतेलाई लिन सेनाको हेलिकप्टर गुल्मीमा

 असार १९, २०७७ शुक्रबार १६:५८:५५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – इस्मा गाउँपालिका १ मा बिहीबार राति गएकाे पहिराेमा परेर घाइते भएकालाई काठमाण्डौ लैजान नेपाली सेनाको हेलिकप्टर गुल्मी पुगेको छ ।

सांसद गोकर्ण विष्टको पहलमा हेलिकप्टर गुल्मी गएको हो । हेलिकप्टरले पाँच जना घाइतेलाई काठमाण्डौ ल्याउनेछ । अरु घाइतेको सदमुकाम तम्घासमा उपचार भइरहेको छ ।

पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको छ भने होटलमा बास बस्नुभएका मुसिकोट नगरपालिका २ का भागीरथ घिमिरे बेपत्ता हुनुभएको छ ।

पहिरोका कारण एक सय १६ परिवार विस्थापित भएका छन् ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया