'क्वरेण्टीन व्यवस्थापनमा सरकार चुक्यो'

 असार १९, २०७७ शुक्रबार १८:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क्वरेण्टीन व्यवस्थापनमा सरकार चुकेको बताउनुभएको छ । 

कोरोना सङ्क्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भए पनि क्वरेण्टीन व्यवस्थापनमा चुकेको उहाँले बताउनुभयो । क्वरेण्टीनको राम्रो व्यवस्था नहुँदा सङ्क्रमण बढेको उहाँले बताउनुभयो । 

उहाँले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना सङ्क्रमण रोकथामको ठूलो चुनौती रहेको बताउनुभयो । नाका बन्द हुँदा पनि सहज ढङ्गले मानिसहरुको आवत जावत भएका कारण पनि सङ्क्रमणको दर बढेको बताउनुभयो ।

मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सीमा क्षेत्रबाट निर्वाध रुपमा नेपाल भित्रिने क्रम बढेपछि क्वरेण्टीन व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । 

विश्वका अन्य देशको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको उहाँले बताउनुभयो । सरकारले सङ्क्रमण नियन्त्रणकाे लागि राम्रा काम गरेपछि केहीले विरोधका लागि विरोध गरेको उहाँले बताउनुभयो । नियतबस खोट लगाउनुबाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफूलाई नलागेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया