डोटीका पत्रकार खड्काकाे मृत्यु प्रकरणको छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

 असार १९, २०७७ शुक्रबार २०:७:११ | सीताराम ओझा
unn.prixa.net

कैलाली – डोटीका पत्रकार तेजबहादुर खड्काकाे मृत्यु प्रकरणकाे सत्य/तथ्य छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

सुदूरपश्चिमका नाै वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्काकाे मृत्यु प्रकरणकाे छानबिन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

मुख्यमन्त्री भट्टले ध्यानाकर्षण पत्र बुझ्दै घटनाको छानबिनकाे लागि सम्बन्धित जिल्लाको प्रशासनलाई आग्रह गरिने बताउनुभएको छ ।

पत्रकार खड्का तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट फर्किने क्रममा बेपत्ता हुनुभएको थियो । गएकाे मङ्सिरमा त्यही क्षेत्रमा भेटिएको कङ्काल उहाँकै भएको प्रहरीले पुष्टि गरिसकेको छ तर घटना रहस्यपूर्ण रहेको भन्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले अनुसन्धानको माग गरेको हुन् । 

अन्तिम अपडेट: चैत १, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया