भारतमा एकैदिन २२ हजार बढी नयाँ सङ्क्रमित थपिए

 असार २०, २०७७ शनिबार १७:३४:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो केही हप्तायता भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको दर लगातार बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण चार सय ४१ जनाको ज्यान गएको छ । 

साथै पछिल्लो २४ घण्टामा २२ हजार सात सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो एकैदिन सङ्क्रमित हुने सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४८ हजार तीन सय १५ पुगेको छ । 

कुल सङ्क्रमितमध्ये दुई लाख ३५ हजार चार सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीन लाख ९४ हजार दुई सय २७ जना निको भएर घर फर्किएका छन् । 

भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १८ हजार ६ सय ५५ पुगेको छ । 

त्यस्तै जोन्स हप्किन्स वेबसाइटको तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड १० लाख ३१ हजार नाघेको छ । सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजारभन्दा धेरै छ ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया