बझाङ : पहिराेमा पुरिएकाकाे उद्धारकाे लागि गएकाे सेनाकाे गाडी दुर्घटना, ३ जना घाइते

 असार २०, २०७७ शनिबार १५:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङमा पहिरोमा पुरिएकाहरुकाे उद्धारकाे लागि गएको नेपाली सेनाको गाडी दुघर्टनामा परेको छ ।

१५ जना बोकेको सेनाको जीप केदारस्युँ गाउँपालिकाको वागथलामा दुघर्टना हुँदा तीन जना घाइते भएका छन् । पहिरो गएको ठाउँ केदारस्युँको मल्लेखी जाने बाटो निकै खराब रहेकाले उद्धारकर्मी पुग्न अफ्ठ्यारो भइरहेकाे छ ।

पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।  

त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएकाे छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया