राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

 असार २०, २०७७ शनिबार १८:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएकाे हाे । 

नियमित भेटघाटकाे लागि प्रधानमन्त्री शीतल निवास पुग्नुभएकाे राष्ट्रपति भण्डारीकाे प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयाे । 

यसअघि पनि पटक–पटक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै आएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया