सुदूरपश्चिम : प्रतिजिल्ला ५ सय बढी काेराेना सङ्क्रमित भएका जिल्लाकाे सङ्ख्या ४ पुग्याे

 असार २०, २०७७ शनिबार २१:३७:५४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिमका चार जिल्लामा प्रतिजिल्ला काेराेना सङ्क्रिमतकाे सङ्ख्या पाँच सयभन्दा बढी पुगेकाे छ । नेपालका ११ जिल्लामा प्रतिजिल्ला कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी रहेकोमा सुदूरपश्चिमका मात्रै चार जिल्लामा सङ्क्रिमतकाे सङ्ख्या पाँच सयभन्दा धेरै भएकाे हाे ।

कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै सङ्क्रमित कैलालीमा छन् ।

कैलालीमा अहिलेसम्म आठ सय २९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै अछाममा पाँच सय ८६, डोटीमा पाँच सय ५३ र बाजुरामा पाँच सय ३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहटमा प्रतिजिल्ला पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित छन् । प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङमा पनि प्रतिजिल्ला पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित छन् । यस्तै कर्णालीको दैलेखमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया