हल्कादेखि मध्यम वर्षाको सम्भावना

 असार २०, २०७७ शनिबार २०:२२:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – शनिबार देशभर सामान्य बदली रही सबै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । 

मौसम पूर्वानुमान महाशाखाले आउँदो तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर शुक्रबारदेखि मनसुन थप सक्रिय भएको अबको केही दिन मनसुनी गतिविधि बढ्ने जनाएको छ । 

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भुक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया