पहिरोमा पुरिएर एक महिलाको मृत्यु

 असार २०, २०७७ शनिबार २१:४५:५२ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - नरहरिनाथ गाउँपालिका वडा नं ७ मा गएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर नरहरिनाथ ७ की ३५ वर्षीया तुला बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो । 

मृतकको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । नहरिनाथ गाउँपालिकाकै वडा नं ६ मा पहिरो जाँदा वडा कार्यालय पुरिएको छ । 

त्यस्तै कर्णाली राजमार्गको भैंसीगौडामा माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा सवार तीलागुफा ३ का मनीकृष्ण न्यौपाने गम्भीर घाइते हुनुभएको छ ।

घाइते न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया