मोटरसाइकलको ठक्करले बालकको ज्यान गयो, तीनजना घाइते

 असार २१, २०७७ आइतबार ९:१:२८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा मोटरसाइकलले ठक्कर दिंदा एक बालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका–११ वाग्मती सिँचाई आयोजना नहरको डिलमा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय रामप्रवेश मुखियाका १२ वर्षीय छोरा जुगल मुखियाको घटनास्थलमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करले सँगै बसेका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतो घाइते हुनुभएको छ । घाइते भएका तीनै जनालाई थप उपचारको लागि बीरगञ्ज लगिएको छ ।

मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया