काेराेना जितेर घर फर्किनेकाे सङ्ख्या ६ हजार ५४७ पुग्याे

 असार २१, २०७७ आइतबार २०:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार नेपालमा दुई सय ९३ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ ।

याेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना सङ्क्रमित भेटिएका छन् । चार सय ६९ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर २ मा चार हजार एक सय ६० जनामा सङ्क्रमण देखिँदा दुई हजार ३४ जना डिस्चार्ज भएका छन् । वाग्मती प्रदेशमा पाँच सय ६३ जनामा सङ्क्रमण देखिएकोमा दुई सय ३४ जना डिस्चार्ज भएका छन् । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गण्डकी प्रदेशमा एक हजार एक सय ४२ जनामा सङ्क्रमण देखिएको र दुई सय १४ जना डिस्चार्ज भएकाे जानकारी दिनुभयाे । प्रदेश नम्बर ५ मा तीन हजार नाै सय ६८ सङ्क्रमित रहेका छन् । तीमध्ये एक हजार सात सय २५ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशमा एक हजार पाँच सय ७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ७८ जनामा सङ्क्रमण देखिएको छ भने क्रमशः एक हजार एक सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार चार हजार सात सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ५१ हजार सात जनाको परीक्षण भएको छ ।   

यस्तै अहिले क्वरेण्टीनमा ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ६ हजार पाँच सय ४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुँदा नाै हजार दुई सय तीन जनाको आइसोलेशनमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया