इथियोपियामा गायकको हत्यापछि भड्किएकाे हिंसामा कम्तीमा १६७ जनाको ज्यान गयो

 असार २१, २०७७ आइतबार १७:२८:१७ | एजेन्सी
unn.prixa.net

हाचालु हुन्देसा सांस्कृतिक पहिरनका साथ

काठमाण्डाै – इथियोपियाका चर्चित गायक हाचालु हुन्देसाकाे मृत्युकाे विषयमा भएको विवादपछि हिंसा भड्किँदा कम्तीमा एक सय ६७ जनाको ज्यान गएको छ ।

राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा भएको झडपमा कम्तीमा एक सय ५६ जना प्रदर्शनकारी र ११ जना सुरक्षाकर्मीको ज्यान गएको अरोमिया क्षेत्रका प्रहरी उपआयुक्त गिरमा गेलमले बताएकाे समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इथियोपियाका जनजातिहरूको अधिकारका लागि गाउँदै आएका हाचालु हुन्देसाको मृत्युलाई लिएर ती समुदायले गरेको विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो । हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीलाई सत्ता छोड्न बाध्य पारेको थियो ।

हुन्देसालाई नचिनेका मानिसले गएको सोमबार गोली हानी हत्या गरेको थियो । आन्दोलन चर्किँदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ ।

हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा दुई हजार दुई सयभन्दा धेरै पक्राउ परेकाे खबरमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया