भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहानै भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको थियो । पार्टीभित्रको विवाद समाधानको लागि छलफललाई निरन्तरता दिन दुवै अध्यक्ष सहमत हुनुभएको ओलीको निजी सचिवालयले जनाएको छ ।
सहमति खोज्नकै लागि पार्टी स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ ।
दुई अध्यक्षबीचको तनाव कम गरेर साझा धारणा बनाउन भन्दै विष्णु पौडेल, शंकर पोख्रेल, जनार्दन शर्मा र वर्षमान पुन सम्मिलित चार सदस्यीय अनौपचारिक कार्यदल गठन भएको छ ।
नारायण शर्मा रेग्मी
July 6, 2020, 2:02 p.m.कि त मिलेर देश का जल्दाबल्दा समस्या हल गर नत्र छिटो वारपार होउ यो अवस्था मा यसरि देशलाई अलमलाएर आफ्नो आफ्नो स्वार्थ सिद्द गर्न नखोज फेरि तिमि लाई त्यहाँ पुराएका देश भक्त नागरिक ले सडक बाटै तिम्रो हिसाबकिताब खोजे भने तिम्रो कुन हालत होला राम्रो सँग सोच है !
Debraj acharya(Dev)
July 6, 2020, 12:59 p.m.नेपाल अहिले कोरोना महामारी र प्राकृतिक बिपत्तिको दलदलमा फसिरहेको बेला त्यसबाट मुक्ति दिनतर्फ केन्द्रित नभई सत्ता र पदको लागि लुछाचुडि गर्न अलिकति पनि लाज लाग्दैन है नेताज्यू