स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

 असार २२, २०७७ सोमबार २०:२५:६ | रासस
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच वृद्धि गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलनको साेमबार उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गर्नुभयो । 

परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको मन्त्री ढकालले बताउनुभयाे ।

उहाँले कोभिड–१९ महामारीकाे सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसविरुद्ध खटिरहेको र परीक्षणकाे लागि एउटा मात्रै प्रयोगशाला रहेकाेमा अहिले बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिनुभयो ।

‘सरकारले कोभिड– १९ को नियन्त्रणकाे लागि लकडाउन, सामाजिक दुरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्ने गरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ’, उहाँले भन्नुभयो, ‘प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम अभ्यास भएको छ ।’

अहिलेसम्म सरकारबाट भइरहेको कार्यलाई आम जनताले सहयोग गर्दै आएकाेएकजुटरुपमा यस महामारीविरुद्ध लड्न आह्वान गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया