विवादित गलवान क्षेत्रबाट चीन र भारतका सेना पछि हट्दै

 असार २२, २०७७ सोमबार १८:२:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेश मन्त्री वाङ यीबीच सीमा क्षेत्रमा भइरहेको तनाव कम गर्ने विषयमा छलफल भएको छ ।

डाेभाल र यीबीच साेमबार भएको टेलिफोन वार्तामा गलवान क्षेत्रमा भइरहेको तनाव कम गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने, वार्ताबाटै विवादको समाधान गर्ने र दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विषयमा कुराकानी केन्द्रित थियो ।

यसैबीच गलवान उपत्यकामा तनाव कम गर्न दुवै देशले आ–आफ्ना सैनिक पछि हटाएका छन् । गलवान उपत्यकाका गलवान, गोगरा र हट स्प्रिङ्स क्षेत्रबाट भारत र चीन दुवै देशले सेना पछि हटाएको र चरणबद्ध रुपमा शान्ति स्थापनाको प्रयास भइरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएको बीबीसीले जनाएको छ ।

गएकाे जुन १५ तारिखमा गलवान उपत्यकामा चिनियाँ सैनिकको आक्रमणमा भारतका २० जना सैनिक मारिएपछि दुई देशबीच तनाव बढ्दै गएको थियो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया