अर्घाखाँची : काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएपछि १५७ जना डिस्चार्ज

 असार २२, २०७७ सोमबार १९:२०:२३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा आइसाेलेशनमा रहेका एक सय ५७ जनालाई डिस्चार्ज गरिएकाे छ । 

आइसोलेशनमा बसेका एक सय ५७ जनाको दोस्रो कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।

कोरोना परीक्षणा रिपाेर्ट नेगेटिभ देखिनेमा शीतगङ्गा नगरपालिकाका ५५ जना, सन्धिखर्क नगरपालिका ३९ जना, भूमिकास्थान नगरपालिकाका १९ जना, मालारानी गाउँपालिकाका ३८ जना, पाणिनी गाउँपालिकाका पाँच जना, छत्रदेव गाउँपालिका एक जना गरी एक सय ५७ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका आइसोलेशनबाट उनीहरुलाई केही हप्ता होम क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको छ । अर्घाखाँचीमा अहिलेसम्म तीन सय २१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गएको छ । अहिले क्वरेण्टीनमा पाँच सय तीन जना रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया