विदेश जान सोमबार मात्रै ४१० जनाले लिए पुन: श्रम स्वीकृति, यूएई, कतार र मलेसिया जाने धेरै

 असार २२, २०७७ सोमबार १८:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान आज ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।

सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुन: श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै आज सोमबार मात्रै १९ देशका लागि ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।

सबैभन्दा धेरै १९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रुनाइका लागि ७,जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि एक जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जनाले पुन : श्रम स्वीकृति लिएका हुन् ।

यस्तै, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि दुई जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।

अन्तिम अपडेट: साउन २०, २०७७

4 Comments

  • Abishek sah

    July 8, 2020, 6:35 p.m.

    नयाँ भीसा कहिले दिन्छ ??

  •  0 Reply
  • Dhyan Bahadur Tamang

    July 7, 2020, 1:26 p.m.

    दुबई फर्कनको लागि के के गर्ने होला ??

  •  0 Reply
  • Ravi Adhikari

    July 6, 2020, 7:53 p.m.

    I have a Shram, but already date exp m so I need a new shram or not ?

  •  0 Reply
  • Hari Kumar Mandal

    July 6, 2020, 7:32 p.m.

    खुशी लाग्यो , यस्तो समाचार सुन्न पाईयो। बिदा गएका कामदारको रोजगारी गुम्नबाट बच्यो / हरि कुमार मण्डल हाल मलेशिया मोबाईल नं 0102185322

  •  0 Reply

तपाईको प्रतिक्रिया