ओखलढुङ्गामा थप तीन जनामा काेराेना पुष्टि

 असार २२, २०७७ सोमबार २०:३०:१८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गामा सङ्क्रमणमुक्त भएर घर फर्किएका तीन जना पुरुषमा फेरि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउदी अरबबाट आएका दुई जना र एक जना बाग्लुङबाट काठमाण्डौ हुँदै घर फर्किएर क्वरेण्टीनमा रहेका गरी तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

लिखु गाउँपालिकाको क्वरेण्टीनमा रहेका २२, २८ र ३० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएकाले उपचारको प्रबन्ध मिलाउने काम भइरहेको जिल्ला कमाण्ड पोस्टका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । 

उनीहरुको अवस्था हेरेर जिल्लाबाहिर पठाउने वा जिल्लामै उपचार गर्ने भन्ने यकिन हुने भट्टराईको भनाइ छ । यसअघि सङ्क्रमण देखिएका लिखुकै एक जना आजै उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया