साउदीले थप तीन महिना भिसाको म्याद थपिदिने, जरिवाना नलिने

 असार २२, २०७७ सोमबार १९:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीले आप्रवासी श्रमिकका विभिन्न प्रकारका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ ।

कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मिनिस्ट्री अफ इन्टेरियरले जनाएको छ ।

यो नियमका लागि साउदीका राजाले अनुमति दिइसकेको मन्त्रालयको भनाइलाई उद्धृत गर्दै अरब न्युजले खबर लेखेको छ ।

यस्तै साउदीले बिदामा रहेका आप्रवासी श्रमिकका लागि पनि यो नियम लागू हुने जनाएको छ । कोरोनाको कारण साउदी प्रवेशमा रोक लगाएको अवधिमा भिसाको म्याद सकिएको भएमा थप तीन महिना कुनै शुल्कबिनै म्याद थप हुने साउदीले जनाएको छ ।

यो नियम पर्यटक भिसामा रहेकाहरुलाई पनि लागू हुनेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया