सुनको भाउ ७ सय रुपैयाँ बढ्यो

 असार २३, २०७७ मंगलबार ११:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा ७ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा २ सय रुपैयाँ  घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन १७ सय ८६ डलरमा कारोबार भइरहेको महासंघका भाउ निर्धारण समितिका सयोजक तेजरत्न शाक्यले बताउनुभयो । हिजो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १७ सय ७१ डलरमा  कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नेपालमा पनि घट्छ भने अन्तर्राष्ट्रिय बजार बढ्दा नेपालमा पनि बढ्छ

 कोरोना भाइरसका कारण बजार अस्थिर भएकाले भाउ घट्ने बढ्ने भइरहेको उहाँले बताउनुभयो । लकडाउन खुकुलो भएर ब्यवसाय सञ्चालनमा आए पनि सुनको कारोबार भने अझै शून्य जस्तै छ ।  चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया